वामदेव गौतमलाई पनि डेंगुको आशंका, सिंगापुरमै संक्रमण भएको अनुमान

Advertisement

काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ । सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको थियो उनलाई शनिबारबाट ज्वरो आएको थियो । चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन् ।

गौतम केही समयअगाडि सिंगापुर गएका थिए । उनलाई त्यहीँ संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगु देखिएको थियो । उनको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको छ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु देखिएको छ । उनी नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

यताः शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ । अस्पतालका लालबहादुर वैबा, शारदा दाहाल, रवीन्द्र अर्याल र डा. असिम कँडेल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई संक्रमण देखिएको हो ।

हालसम्म ६१ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । सरकारी तथ्यांकअनुसार १ साउनदेखि भाद्र २२ सम्म मात्रै तीन हजार आठ सय ९९ बिरामीमा डेंगु संक्रमण भेटिएको छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement