उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले हदबन्दीभन्दा बढि जग्गा बिक्री गर्न पाउने

Advertisement

काठमाडौं । प्रतिनिधिसभाले भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्दै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले आफनो स्वामित्वमा रहेको हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न बाटो खोलिदिएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेको विधेयकको दफा १२ (ख)मा नेपाल सरकारले तोकेको सर्तको अधिनमा रही अर्को ठाउँमा सट्टपट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्ने भनी उल्लिखित प्रावधानले बिक्रीको बाटो खोलिदिएको हो ।

‘नेपाल सरकारको राजपत्रमा आदेश जारी गरेर तोकिएको हदबन्दीभित्रको जग्गामा स्थापित कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था अन्यत्र स्थानान्तरण गर्नुपर्ने वा सट्टापट्टा गर्नुपर्ने उचित र पर्याप्त कारण देखाई दिएको निवेदन मनासिब देखिएमा त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले भोगचलन गरिरहेको जग्गा नेपाल सरकारले तोकेको सर्तको अधिनमा रही अर्को ठाउँमा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिन सक्नेछ’, विधेयकको दफा १२ मा उल्लेख छ।

भूमिसम्बन्धी कानुनमा विशेष दखल राख्ने नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष अधिवक्ता मोहन इङनामले कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था अन्यत्र स्थानान्तरण वा सट्टापट्टा गर्न स्वीकृति दिनु भनेको महँगो पर्ने ठाउँको जग्गालाई सस्तो पर्ने ठाउँमा सट्टापट्टा वा स्थानान्तरण बिक्री गर्ने प्रपञ्च रहेको बताए । उनले उद्योग र कृषि फार्मले नेपाल सरकारसँग स्वीकृत लिएको जग्गालाई हदबन्दीभित्रकै जग्गा मानिने भएकाले स्वीकृति लिएको जग्गाालाई सट्टपट्टा वा स्थानान्तरण गरेर बिक्री गर्न बाटो खुला हुने स्पष्ट पारे। ‘काठमाडौंमा चल्तीको ठाउँमा रहेको कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था अन्यत्र स्थानान्तरण वा सट्टापट्टा गरेर त्यो जग्गा बिक्री गर्न पाउने भन्ने यो प्रावधानको उद्देश्य हो’, अधिवक्ता इङनामले भने।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement