राजश्व छल्ने पान उद्योगी विरुद्ध साढे ७ करोडको मुद्धा

Advertisement

काठमाडौं । राजश्व छल्ने नेपोल पान मसला उद्योग विरुद्ध साढे ७ करोडको मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान विभागले बाँके जिल्लास्थित नेपालगञ्ज उप महानगरपालिका वडा न. १ को नेपाल पान मसला उद्योगका प्रोपराइटर कतबुद्धिन शेषले राजश्व छलेको भन्दै ७ करोड ७२ लाख विगो दावीसहित जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

शेषले आर्थिक वर्ष २०७३।७४ सालदेखि अन्तशुल्क, भ्याट र आयकर छलेको विभागको निष्कर्ष छ । विभागले कुल ७ करोड ५२ लाख २ हजार ७ सय ७४ रुपैंया विगो दावी गरेको छ ।

Advertisement

Advertisement

Advertisement