जनता बैंकले गर्यो नागभुषण महादेव मन्दिरलाई एक लाख ५० हजार सहयोग

Advertisement

काठमाडौं । जनता बैंकले नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी रु १ लाख ५० हजार सहयोग प्रदान गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अध्यक्ष सुजितकुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडालाई सोमबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ । उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement