कैलालीमा नेकपा नेताको गाडीमा आगजनी

Advertisement

धनगढी । कैलालीमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताको गाडीमा आगजनी भएको छ ।

नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरस्थित घरमा राखिएको बा ९ च ६५१७ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको हो । इलाका प्रहरी कार्यालय सुखडले सोमबार राति जोशीको गाडीमा आगजनी भएको जनाएको छ । प्रहरीका अनुसार गाडीमा आगो लगाउने व्यक्तिको भने पहिचान खुल्न सकेको छैन ।

छिमेकीहरुले गाडीमा आगो लागेको देखेपछि घरका व्यक्तिलाई खबर गरेका थिए । छिमेकीसहित घरका व्यक्ति मिलेर राति नै गाडीमा लागेको आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

नेता जोशी तत्कालीन नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य ९केन्द्रीय सदस्य० थिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण पछि गठन भएको नेकपामा भने उनी जिम्मेवारीविहनी जस्तै रहेका नेकपाको कैलाली जिल्ला कमिटीका एक सदस्यले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement