नेकपाको २ नम्बर प्रदेशमा आफ्नैबीच कुटाकुट, प्रदेश सदस्यको टाउको फु्टयो

Advertisement

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुबीच झडप भएको छ । झडपमा परि २ नम्बर प्रदेश कमिटी सदस्य देवनाथ यादवको टाउको फुटेको छ । नेकपा २ नम्बर प्रदेश कमिटीका अध्यक्ष प्रभु शाहले सप्तरी र सिरहाको जिल्ला कमिटी सपथ ग्रहण कार्यक्रम तय गरेका थिए ।

तर दुई पक्षबीच कुरा नमिल्दा झडपको स्थिती सृजना भएको छ । यतिबेला प्रदेश अध्यक्ष प्रभु शाह र सचिव सुमन प्याकुरेललाई कार्याकर्ताले घेरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ ।

Advertisement

Advertisement

Advertisement