नेपाल–भारतका प्रधानमन्त्रीले स्विच थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

Advertisement

काठमाडौं । भारत–नेपालबीच बनेको क्रस बोर्डर पेट्रोलियम पाइपलाइन आज मंगलबार उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एकैपटक स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

नेपाल आयल निगमले आज मंगलबार भदौ २४ गतेदेखि पाईपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन शुरु गरेको छ । पाइपलाइनबाट तत्कालको लागि डिजेल मात्रै ल्याउने निगमले जनाएको छ । पेट्रोल र मट्टीतेल भणडार क्षमता नभएकाले हालको लागि डिजेल मात्र ल्याउन लागेको निगमले जनाएको छ ।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्। ती ट्याङ्कीमा तेल भरेर राखिएको छ।

पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ ल्याउदा निगमलाई वार्षिक झन्डै एक अर्ब रुपियाँ बचत हुने अनुमान छ । पाइपलाइनबाट प्रति घन्टा २ लाख ९४ हजार लिटर डिजेल आयात गर्न सकिन्छ । तेल शुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ।

Advertisement

Advertisement

Advertisement