पूर्वाधार सम्मेलन २०१९ को तयारी अन्तिम चरणमा

Advertisement

काठमाडौं । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले यहि भदौ २५ र २६ गते काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९को तयारी अन्तिम चरणमा पुगेको छ । लगानी सम्मेलनका क्रममा भएका कानुनी सुधारको गतिलाई अघि बढाउन सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउने उद्देश्यले उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।

अहिलेसम्मको तयारी र सम्मेलनप्रति देखिएको उच्चस्तरिय तथा आम सहयोग, समर्थन तथा उत्सुकता र चासोले यो क्षेत्र उत्साहित भएको छ ।लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदाय वाइसीएनसीसमेत सह–आयोजक रहेको पूर्वधार सम्मेलन २०१९ “दिगो विकासका लागि मजबूत पूर्वाधार”को मूलभाव सहित आयोजना गर्न लागिएको हो । सम्मेलनको नलेज पार्टनरको रुपमा ख्याति प्राप्त परामर्शदात्री संस्था के पिएम िले सम्मेलनको आवश्यक समन्वय गरिरहेको छ ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यता एवं मित्रराष्ट्र दक्षिण कोरियाका पूर्व प्रधामन्त्री विशेष अतिथिका रुपमा रहने उक्त सम्मेलनमा मित्र राष्ट्र भारतका ऊर्जा तथा नविकरणीय ऊर्जा मन्त्रालयका युनियन स्टेट मिनिस्टर राजकुमार सिंह, विश्व बैँकका उपाध्यक्ष जिगदोग ह्वा, एसियाली विकास बैंंकका महानिर्देशक वोचोग युमसहित नेपाल सरकारका वरिष्ठ मन्त्रीहरु र पूर्वाधारका अन्य निजी लगानीकर्ताहरु सम्मिलित हुने कार्यक्रम तय भएको छ । सम्मेलनको समापनमा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रुपमा रहने छन् ।

सम्मेलनमा विश्व बैँक, एसियाली विकास बैँक युएनडिपिलगायतका संस्था एवं मुलुकभित्रका विभिन्न संस्थाहरु गरी ४० साझेदारको रुपमा छन भने ८० जनाभन्दा बढी विशेषज्ञहरुले प्रमुख वक्ताको रुपमा ५० जनाभन्दा बढी विषयगत व्यक्तिहरु रहने छन् ।

यसैगरी सातै प्रदेशका मूख्यमन्त्रीहरुले प्रादेशिक पूर्वाधारका विषयमा विषेश छलफल गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा प्रदेशहरुले आ–आफ्ना प्रदेशका पूर्वाधारमा निजीलगानी ल्याउन ५४ परियोजनाहरु प्रस्तुत् हुने छन् ।

विकास साझेदारका प्रमुखहरु, उपप्रमुखहरुले सो सम्मेलनमा भाग लिने गरी आयोजित दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुनेछ ।

अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नु पर्ने औल्याएको थियो । यसैमा केन्द्रित गरि परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँगको सहकार्यमा बृहत अध्ययन गरेको प्रतिवेदन पूर्वाधार सम्मेलनमा सार्वजनिक हुनेछ ।

यो सम्मेलन सरकारले गतवर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ ।

Advertisement

Advertisement

Advertisement