विदेशी अपराधीलाई ठेगान लगाउन नेपाल प्रहरी सक्षम छः खनाल

Advertisement

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विदेशी अपराधीहरुको नेपाललाई क्रिडास्थल बनाउन खोजेको भन्दै यसलाई सफल हुन नदिने बताएका छन् । नेपाल पुलिस क्लवमा बनेको नयाँ भवनको शिलान्यास गर्ने क्रममा उनले नेपाललाई विदेशी अपराधीको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको दावी गरेका हुन् ।

नेपाललाई क्रिडास्थल बनाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नराख्दा हुन्छ भन्दै खनालले यस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सक्षम रहेको बताए । उनले नेपाल आउँदैमा कुनै पनि अपराधिले उन्मुक्ति नपाउने बताउँदै उनीहरुलाई कुनै पनि हालतमा कानुनी दायरामा ल्याउने बताए ।

खनालले विदेशी अपराधीहरुबाट भइरहेका अपराधहरु नियन्त्रण गर्न प्रहरी सक्रिय ढंगले लागिरहेको भन्दै यसमा सबैको साथ पनि जरुरी रहेको बताए । उनले साइबर क्राइम ठूलो चुनौति बन्दै गएको भन्दै यसको नियन्त्रण प्रहरीको पहिलो प्राथमिकता बनेको बताए ।

Advertisement

Advertisement

Advertisement