नेपाल लाइफको ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स’, उत्कृष्ठ एजेन्ट र एजेन्सी म्यानेजर पुरस्कृत

Nepal_life_insurance

काठमाडौं । विगत १९ वर्षदेखि जीवन बीमा क्षेत्रमा लोकप्रिय रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ सम्पन्न गरेको छ ।

कम्पनीले उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको भन्दै एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको जानकारी दिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा आफू लोकप्रिय बन्न सफल भएको बताउँदै यो सेवा सुविधालाई आगामी दिनमा पनि कायम राख्ने बताएको छ ।

पोखराको कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका थिए । बाजागाजाका साथ शुरू गरिएको कार्यक्रममा आगामी दिनका लागि कम्पनीको रणनीति निर्माण गरिनुका साथै विभिन्न मोटिभेसन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरियो । त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले तीन लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले एक१ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले एक लाख नगदसहित सम्मान–पत्र हात पारे ।

त्यस्तै, एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले तीन लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले एक लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले एक लाख नगदसहित सम्मान–पत्र हात पारे ।

कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्रकुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरियो ।

Nepal Life BMCनेपाल लाइफ इन्स्योरेन्सले नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा आफूले ओगटेको जनाएको छ । कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस किसिमको कार्यक्रम र सम्मान प्रदान गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले बताए । उनकाअनुसार नेपालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले आफूहरु पनि देशैभरी जीवन बीमाको सहज पहुँच पु¥याउन शाखा विस्तारको रणनीतिमा रहेको बताए ।

साथै, झाले नेपाल लाइफले समय सापेक्ष छिटो–छरितो, सरल र सहज रुपमा सेवा प्रदान गर्नको लागि प्रविधिमैत्री बीमा कारोबार अघि बढाउने बताउँदै जसमा एप्समार्फत बीमितलाई कुनै पनि समय कुनै पनि स्थानबाट सहज पुहँच प्राप्त हुने बताए ।

उनले कर्मचारीको कार्यसम्पादन तथा अभिकर्ताको उत्प्रेरणा बृद्धिको लागि आवश्यक तालिम तथा उत्प्रेरणा मूलक कार्यक्रमका साथै संस्थागत सुशासनमा विशेष जोड दिने पनि बताए । नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक पाँच अर्ब ४९ करोड रहेको छ भने लगानी रू. ७२ अर्ब रुपियाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपियाँ रहेको छ । एक लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब एक सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढि व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । कम्पनीले ग्राहकहरूको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने बताएको छद्ध ।