विराटचोक–घिनाहाघाट चार लेन सडकको शिलान्यास

Advertisement

मोरङ । प्रदेश नं. १ सरकारको गौरवको आयोजनाका रुपमा रहेको मोरङको विराटचोक–घिनाहाघाट चार लेन विस्तारित सडकको ग्रामथान गाउँपालिकामा शिलान्यास गरिएको छ ।

एक अर्ब ४० करोडको लागतमा २२ दशमलव सात किलोमिटरको सो सडकको निर्माण ठेक्का श्रेष्ठ निर्माण कम्पनी र एपेन्स रमण निर्माण सेवाले प्राप्त गरेका छन् । सो सडक विसं २०७८ असार मसान्तसम्मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।

मोरङको विराटनगर महानगरपालिकाको पुष्पलालचोक हुँदै झोराहाट, ग्रामथान गाउँपालिकाको नेताचोक, हरैचा हुँदै पूर्वपश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा गएर सडक जोडिन्छ ।

मुख्यमन्त्री शेरधन राईले यो सडक निर्माणबाट मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्मका जनतालाई आवातजावतमा सुविधा पुग्ने विश्वास व्यक्त गरे। उनले निर्माण गरिने सडकमा गुणस्तरीय सामग्रीको प्रयोग र समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराएका छन् ।

Advertisement

Advertisement

Advertisement