विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता विधेयक अलमलमै

Advertisement

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समिति अलमलै रहदाँ नागरिकता विधेयक पास हुन सकेको छैन् । नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अलमलमा परेको छ ।

विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन नसक्दा उक्त विधेयकले गति लिन सकेको छैन् ।

चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ । समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ ।
कान्तिपुर दैनिकबाट

Advertisement

Advertisement

Advertisement