सामाजिक सुरक्षा कोषमा ठूला कम्पनीको आकर्षण, चौधरीदेखि  रिलायन्स स्पीनिङ हुँदै गोल्डस्टारसम्म

Advertisement

काठमाडौं । सरकारले नयाँ युगको आरम्भका रुपमा अघि सारेको सामाजिक सुरक्षा कोषमा ठुला कम्पनीहरु धमाधम सूचिकृत हुन थालेका छन् । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल मणी ज्ञवालीका अनुसार  ४ हजार ८ सय य कम्पनीका ४७ हजार श्रमिक कोषमा सूचिकृत भएका छन् ।

ठुला घरानियाहरु धमाधम सूचिकृत भैरहेको पनि उनले जानकारी दिए । देशकै एक मात्र घोषित डलर अर्बपति चौधरी ग्रुपका अधिकांश कम्पनीहरु सूचिकरण भैसकेका छन् । ग्रुपका एक हजार कर्मचारी सूचिकृत भएका छन् भने बाँकी ९ हजार कर्मचारी सूचिकरणको प्रक्रियामा छन् ।

आईएमई ग्रुपले पनि सूचिकरणको प्रक्रिया अघि बढाईसकेको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल आफैंले सबै कम्पनीलाई सामाजिक सुरक्षा कोषमा तत्कालै आवद्ध गराउने प्रतिवद्धता व्यक्त गरेर प्रक्रिया अघि बढाएको पनि ज्ञवालीले जानकारी दिए ।

हालसम्म चौधरी ग्रुप, गोल्छा अर्गनाईजेशन, शंकर ग्रुप, यति डिष्टीलरी, सांग्रीला होटल, मेरियट होटल, युनिलिभर, शिवम सिमेन्ट, बोेटलर्स नेपाल, जगदम्बा ग्रुप, नोबल मेडिकल कलेज, आम्दा नेपाल, मेडिकेयर अस्पताल, नर्भिक अस्पताल, किस्ट कलेज सूचिकृत भएका छन् ।

त्यस्तै, लक्ष्मी बैंक, रिलायन्स स्पीनिङ, गोल्डस्टार सुज पनि सूचिकरणमा आईसकेका छन् । कार्यकारी निर्देशक ज्ञवालीले सम्बन्धित औद्योगीक प्रतिष्ठानमै पुगेर पनि कोषले सूचिकरणको प्रक्रियामा सहजीकरण गरिरहेको पनि जानकारी दिए । कोषले आफ्नै कार्यालयमा बसेर कोषमा सूचिकरण हुने र प्रमाणपत्र समेत प्राप्त गर्न सक्ने व्यवस्था समेत मिलाएको छ । 'कोषमा सूचिकरण हुन, प्रमाणपत्र लिन र योगदान रकम भुक्तानी गर्न कार्यालयमा धाउनु पर्दैन, रोजगारदाता कम्पनीले आफ्नै कार्यालयबाट सबै काम गर्न सक्छन', ज्ञवालीले भने ।
निष्क्रिय जीवन आरम्भ हुँदा पनि आम्दानीको सुनिश्चितता हुने भएपछि रोजगारदाताहरु र कर्मचारी दुबैको आकर्षण बढेको पनि ज्ञवालीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement