अझै घट्ला की भन्ने अपेक्षा गरिएको सुनको भाउमा स्थिरता कायम

Advertisement

काठमाडौं । आज साताको चौँथो दिन बुबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ७१ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज स्थिर रहेर प्रतितोला ७१ हजार रुपियाँ नै कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ६१५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement