संघीयतामा बजार अनुगमनमा कठिनाई भयोः गृहमन्त्री, ‘केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय समस्या'

Advertisement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा संघीय व्यवस्थामा केन्द्र प्रदेश र स्थानीय तहबीच समन्वय गरेर बजार अनुगमन गर्न कठिनाई भएको गुनासो गरेका छन् । संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा थापाले तीन तहबीच समन्वय हुन नसक्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको बताएका हुन् ।

उनले चाडपर्वमा नाफा कमाउनेहरु सक्रिय हुने भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीले पनि सक्रियता बढाउने बताए । थापाले अधिक नाफा कमाउनेहरु सक्रिय हुने समयमा प्रहरीलेसमेत सक्रियता बढाउने बताएका हुन् ।

उनले भने, ‘चाडवाडमा अधिक नाफा कमाउनेहरु सक्रिय हुन्छन्, पाँच सय रुपियाँको टिकट हजार रुपियाँमा बेच्छन्, मिसावट गर्नेहरु पनि बढ्छन्, यस्ता क्रियाकलाप नियन्त्रण गर्न प्रहरी सक्रियरुपमा परिचालन हुनेछ । थापाले जुवातास जस्ता समस्याहरुका समाधानका लागि पनि प्रहरीले विशेष योजना बनाउने बताए ।

चाडपर्व मनाउन भारतबाट नेपाल फर्कने नागरिकहरुले यस पटक सीमा क्षेत्रमा दुःख नपाउने मन्त्री थापाले दावी गरे । उनले भने, ‘बोर्डरमा नेपालीले दुःख पाउँछन् भनेर भारतीय पक्षसँग छलफल गरिरहेका छौँ, यसपाली सीमामा नेपालीहरु लुटिने र ठगिने अवस्था आउँदैन ।’

मुग्लिन र सिन्धुली सडकका होटलमा गुणस्तरको अनुगमन
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुग्लिन सडकमा र बनेपा– बर्दिबास सडक खण्डका होटलहरुमा अनुगमन थालेको छ । यी दुबै क्षेत्रमा एक–एक वटा अनुगमन टोली तथा गुणस्तरको अनुगमन थालिएको हो ।

Advertisement

Advertisement

Advertisement