मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा र फिर्ता

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ, पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम स्व. मनमाया मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा एक लाख ४३ हजार सात सय चौरासी रुपियाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Advertisement

Advertisement

Advertisement