अभिकर्तालाई दिक्षित गर्दै राष्ट्रिय बीमा संस्थान, काठमाडौंमा थपिए ५० जना

Advertisement

काठमाडौं । बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठक नियुक्त भएपछि संस्थानले अभिकर्ताहरुको संख्या बढोत्तरी अभियानलाई तिब्रता दिएको छ । संस्थानले देश दौडाहा गरेर पुराना अभिकर्ताहरुलाई थप तालिम र नयाँ अभिकर्ताहरुको निर्माण अभियानलाई तिब्रता दिएको हो ।

बुटवलमा ५० जना नयाँ अभिकर्तालाई तालिम दिएर नारायणगढमा पुरानालाई थप उत्प्रेरणा दिएको संस्थानले काठमाडौंमा ५० जना नयाँ अभिकर्ता थपेको छ ।  संस्थानका प्रशासक पाठकले मंगलबार ५० जना नयाँ अभिकर्तालाई दिक्षित गर्दै प्रमाण पत्र वितरण गरेका छन् ।

‘बीमा संस्थानलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिएर आएको हुँ, अभिकर्ताहरुको संख्या र दक्षता बढाउने अभियान अहिले चलिरहेको छ, हामी देश दौडाहामा छौं’, संस्थानका प्रशासक पाठकले कर्पाेरेट नेपालसँग भने ।  उनले पोखरा पुगेर बिहिबार र शुक्रबार थप ५० जना नयाँ अभिकर्तालाई तालिम दिन लागिएको जानकारी पनि दिए ।

सफलताको ग्राफ बढाउँदै संस्थान
कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ मा नाफा र प्रिमियम संकलन दुबैमा व्यापक वृद्धि गरेको थियो । २०७५ असार मसान्तमा १ करोड ९७ लाख रुपैंया नाफा गरेको कम्पनीले २०७६ असार मसान्तमा ५ करोड ७० लाख नाफा आर्जन गर्न सफल भएको हो । जुन ३ करोड ७३ लाख अर्थात १८९।३४ प्रतिशतले बढी हो ।

संस्थानले बीमा शुल्क आर्जनमा पनि नयाँ रेकर्ड कायम गर्न सफल भएको थियो । २०७५ असार मसान्त अवधीमा जम्मा ३ अर्ब २६ करोड बीमा शुल्क आर्जन गरेको थियो । तर २०७६ असार मसान्त आईपुग्दा ३ अर्ब १९ करोड अर्थात १००।९४ प्रतिशतले बढाएर ६ अर्ब ३५ करोड पुर्याएको हो । संस्थानको जीवन बीमा कोषमा २० अर्ब ६४ करोड ८७ लाख रुपैंयाँ रहेको छ । संस्थानले ६ अर्ब ९५ करोड दिर्घकालिन लगानी गरेको छ भने ११ अर्ब ६५ करोड अल्पकालिन लगानी गरेको छ । संस्थानको प्रमुख कार्यकारी अधिकृतका रुपमा कवि प्रसाद पाठक आएपछि व्यवसाय विस्तारमा केहि आक्रामक रणनीति बनाएर काम गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement