सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । आज साताको पाँचौँ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य दुई सय रुपियाँले घटेर प्रतितोला ७० आठ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ४४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८७५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७१४ रुपियाँ ५० पैसा कायम गरेको छ ।