प्रभु मनि ट्रान्सफरका ग्राहकहरुले सिजी ईलेक्ट्रेनिक्सका सामाग्री खरिद गर्दा आकर्षक छुट पाउने

Advertisement

काठमाडौं । नेपालको रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि पनि घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुलाई पूर्ण सुविधा दिदैँ आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले यो व्यवस्था ल्याएको हो ।

कम्पनीले ग्राहकहरुलाई सिजी ईलेक्ट्रनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल आदि इत्यादि सामानहरुमा आकर्षक छुट दिने व्यवस्था गरेको छ । सो अनुसार नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुनेछ ।

यस अन्र्तगत कुनै पनि ग्राहकले प्रभु मनि ट्रान्फरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिदलिएर सिजी ईलेक्ट्रनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल तथा एलजी लाईफ स्टायल शोरुमबाट टिभी, फ्रिज वा शिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

Advertisement

Advertisement

Advertisement