चीनले अमेरिकालाई दियो शुभ संकेत १६ अमेरिकी सामग्रीमा कर छूट

Advertisement

बेइजिङ्ग । चीनले अमेरिकाबाट आउने विभिन्न १६ वटा सामग्रीको आयातमा शुल्क नलगाइने भन्दै सूची जारी गरेको छ । सो सूचीमा क्यान्सर विरुद्धका औषधी र एनीमल फिडलगायतका सामग्रीसमेत रहेको जनाइएको छ । यद्यपि ५ हजार भन्दा बढी अमेरिकी उत्पादन भने अझै चीनको कर लगाइने सूचीमा रहेका छन् ।

अमेरिकासँगको वार्ताको अगाडि चीनले यसलाई सकारात्मक सन्देश दिएको हुन सक्ने विश्लेषकहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको प्रशंंसा गर्दै यो संकेतले दुई देशबीचको आगामी व्यापार वार्ता सकारात्मक हुने अपेक्षा गरेका छन् ।

प्रारम्भिक चरणको वार्ता यो महिनाको अन्त्यमा वाशिङटनमा हुने कार्यक्रम रहेको छ । त्यसभन्दा अघि अमेरिकी अधिकारीहरुले चीनका उपप्रधानमन्त्री लिउ हिलाई आउँदो अक्टोबरमा बेइजिङ्गमा भेट्ने छन् । अमेरिकी राष्ट्रपतिले भनेका छन्,‘‘उनीहरुले गएको राति केही राम्रा निर्णय गरेका छन् । मलाई लाग्छ उनीहरुले राम्रो काम गरेका छन् ।’

यद्यपि अझैपनि अमेरिकाबाट चीन आउने सुँगुरको मासु, भटमास र अमेरिकामा निर्मित कार लगायतका सामानमा ठूलो परिमाणमा कर लगाइएको छ ।

विश्वका सबैभन्दा ठूला यी दुई अर्थतन्त्रबीच लामो समय देखि व्यापार युद्धको अवस्था रहेको छ । त्यसले दुवै देशलाई असर पर्नुका साथै अन्य देशमा पनि त्यसको असर पर्न थालिसकेको छ । अमेरिकाले पनि ३६० बिलियन डलर भन्दा बढीका चिनियाँ उत्पादनमा कर लगाएको छ भने बदलामा चीनले पनि ११० बिलियन डलर बराबरका अमेरिकी उत्पादनमा कर लगाएको छ ।

Advertisement

Advertisement

Advertisement