भिभोमा दशैं–तिहार अफरः मोबाइल किन्दा स्मार्ट टिभीदेखि विदेश भ्रमणसम्मका उपहार

Advertisement

काठमाडौं । दशैं–तिहारको अवसरमा भिभो मोबाइल किन्दा विभिन्न उपहार पाइने भएको छ । नेपालका लागि भिभो मोबाइलको आधिकरिक बिक्रेता एपेक्स मनकामना प्रालिले १३ हजार रुपियाँ देखि ५० हजार रुपियाँसम्मको भिभो सेट खरिद गर्ने ग्राहक तथा विक्रेताहरूलाई उपहार योजना घोषणा गरेको हो ।

कम्पनीले काठमाडौंमा वितरक भेला सम्पन्न गरेर १३ वितरकलाई दशैं तिहार लक्षित योजनाको वारेमा जानकारी गराइएको छ । मोवाइल किन्ने १० जना भाग्यशाली ग्राहकलाई इन्डोनेसियाको बाली भ्रमण, १५ जनालाई स्मार्ट टीभी, ४२ जनालाई स्मार्ट फोन, १६० जनालाई भिभो ब्याग उपहार राखिएको छ ।

‘सो अवधिमा भिभो मोवाइल किन्ने सबै ग्राहकलाई स्क्रिन र रिप्ले समेन्ट ग्यारेन्टी उपलब्ध गराइन्छ’–एपेक्स मनकामनाका ब्यापार प्रमुख सुशील न्यौपानेले भने । त्यसैगरी, भिभोका वितरक तथा मोबाइल बिक्रेतालाई पनि विभिन्न ट्राभल प्याकेज उपलब्ध गराउने जानकारी दिइएको छ ।

सो योजनामा ३४ जना वितरक तथा भिभो मोवाइल बिक्रेतालाई भिभोको नयाँ मुख्य कार्यालय भ्रमण गराउने कम्पनीको लक्ष्य छ । मोबाइल आयात तथ्यांक अनुसार भिभो मोबाइल नेपालको तेस्रो ठूलो बजार हिस्सा ओगट्न सफल भएको ब्राण्ड हो ।

Advertisement

Advertisement

Advertisement