लघुवित्त कम्पनीलाई विकास बैंक बन्ने बाटो खुला, गरिबी सकियो की लघुवित्तको औचित्य ?

Advertisement

काठमाडौं । अब लघुवित्त कम्पनीहरु विकास बैंक बन्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले अघि सारेको बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया)को संसोधनमा लघु वित्त कम्पनीहरुले सिधै विकास बैंक बन्न पाउने व्यवस्था अघि सारिएको हो ।

यद्यपी यो व्यवस्था भने नेपाल राष्ट्र बैंकले नभएर अर्थ मन्त्रालयले विधेयकमा समावेश गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निरपेक्षा गरिबहरुको संख्या घटिरहेकाले उनीहरुका लागि काम गर्ने संस्थाहरुलाई अपग्रेड गर्नुपर्ने धारणा राख्दै आएका थिए । उनकै योजना अनुसार बाफियामा लघु वित्त कम्पनीहरुलाई विकास बैंकमा स्तरोन्नति गर्न सकिने व्यवस्था अघि सारिएको हो ।

यद्यपी लघु वित्त कम्पनीहरुले फाइनान्स कम्पनी भने बन्न पाउने छैनन् । यस अघि ग वर्ग(फाइनान्स कम्पनी) र ख वर्ग(विकास बैंक)हरु माथिल्लो वर्गमा स्तरोन्नति हुन पाउने व्यवस्था थियो । तर घ वर्गका लघु वित्त कम्पनीहरु भने स्तरोन्नति हुने व्यवस्था थिएन् ।

लक्ष्मी लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल लघुवित्त बैंकर्स संघका बरिष्ठ उपाध्यक्ष प्रकाश राज शर्माले लघुवित्त कम्पनीहरुलाई सिधै विकास बैंकमा स्तरोन्नति हुन पाउने गरि प्रस्ताव गरिएको बाफिया संसोधनमा आलोचनात्मक समर्थन रहेको बताए । उनले लघुवित्तको समेत काम गर्न पाउने गरि विकास बैंकमा स्तरोन्नति हुने व्यवस्था आवश्यक रहेको बताए । ‘विकास बैंकमा स्तरोन्नति हुने कम्पनीहरुले लघु वित्तको पनि काम गर्न पाउने सुविधा भयो भने मात्रै ठिक हुनेछ, अहिले नै लघु वित्तहरुको अस्थित्व समाप्त पार्ने समय भएको छैन’, शर्माले भने ।

Advertisement

Advertisement

Advertisement