लगातार घट्दै सुनचाँदीको मूल्य, यस्तो छ आजको कारोबार

सुनको मूल्य

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७० हजार आठ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य दुई सय रुपियाँले घटेर प्रतितोला ७० हजार छ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार ३०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ५३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार २७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८७० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपियाँ कायम गरेको छ ।