अनाधिकृत रुपमा डिम्याट खोल्ने खाता क्रम बढेकाले सदस्यहरुमाथि निरीक्षण गर्न धितोपत्र बोर्डको निर्देशन

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यहरुबाट अनाधिकृत रुपमा डिम्याट खाता खोल्ने गरेको गुनासो आएपछि त्यस्ता निक्षेप सदस्यहरुमाथि निगरानी बढाउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) लाई निर्देशन दिएको छ। यस सम्बन्धमा निक्षेप सदस्यहरुको निरीक्षण गरी १५ दिनभित्र निरीक्षण प्रतिवेदन पेश गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको हो ।

निक्षेप सदस्यहरुले सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदा समेत अनाधिकृत रुपमा हितग्राही (डिम्याट) खाता खोल्ने गरेको, एक व्यक्ति उपस्थित भई अन्य धेरै व्यक्तिको नाममा डिम्याट खाता खोल्ने तथा नविकरण गर्ने गरेको भेटिएकाले निक्षेप सदस्यहरुमाथि निरीक्षण गर्न सिडिएससीलाई निर्देशन दिएको छ।

DMAT-khata

Advertisement

Advertisement

Advertisement