जनता क्यापिटल प्रथम वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । जनता बैंकको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल लिमिटेडको प्रथम साधारण सभा भदौ २६ गते संचालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको सभापतित्वमा सम्पन्न भएको हो।

साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले आव २०७५/७६ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को वित्तीय विवरणहरु, आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ती, संचालकहरुको भत्ता पारित गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

Advertisement

Advertisement

Advertisement