रुपन्देहीमा स्रोत नखुलेको ४० लाख रुपियाँसहित २ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले स्रोत नखुलेको ४० लाख रुपियाँसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार पक्राउ पर्नेहरुमा थाना नौतनवा, ग्राम लौटन भारतका २४ वर्षिया रितेशकुमार मधेसिया र सोही ठाउकै २४ वर्षिया निरजकुमार अग्रहरी रहेका छन ।

जिप्रकाका अनुसार विहीवार दिउसो ४ बजेको समयमा विशेष सूचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका एक वाइपासस्थित सडकमा भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको भारतीय युपी ५६ वाइ ७०४९ नं.को मोटर साइकलमा उनीहरु सवार रहेका थिए ।

सोही मोटरसाइकललाई रोकी चेकजांच गर्ने क्रममा मोटर साइकल चालकले झोला खान तलासी गर्दा श्रोत नखुलेको अबैद्य रकम (हुण्डी) बरामद भएको प्रहरीले जनाएको छ ।

जिप्रकाका अनुसार विभिन्न दरका नेपाली नोटहरु ३८ लाख ९३ हजार १ सय र विभिन्न दरका भारतीय नोटहरु एक लाख ६४ हजार भारतीय रुपियाँ गरी ४० लाख ५७ हजार एक सय रुपियाँ बरामद भएको छ ।

उनीहरुसगबाट बिभिन्न बैंकका चेक समेत बराद गरिएको छ । पक्राउ परेका व्यक्तीहरुलाई जिप्रका कार्यालयको नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको जनाइएको छ ।

विभिन्न बैंकका विभिन्न व्यक्तीको नाममा विभिन्न मितिमा काटिएका २७ लाख ४८ हजार ७ सय रुपियाँ बराबरको १० थान चेक , विभिन्न बैंकका चेक बुकहरु ५ थान, भारतीय र नेपाली बैंकको एटीएम कार्ड ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।