स्वदेशमै स्वास्थ्य जाँच गर्दै बाबुराम भन्छन्– गरिवलाई सहुलियत दिउँ, धनीसँग आवश्यक रकम अशुलौं

Advertisement

काठमाडौं । सामान्य स्वास्थ्य समस्या आउँदा पनि जाँच गराउन विदेश दौडिने नेपालका अरु नेताहरुलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनौति दिएका छन् । उनले शुक्रबार शहीद गंगालाल हृदयरोग केन्द्रमा गएर स्वास्थ्य जाँच गराएका हुन् ।
जाँच गराएपछि भट्टराईले सामाजिक सञ्जलमा ‘बेलाबेलामा सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गराइरहनु उपयुक्त हुन्छ’ भन्दै आफूले शहीद गंगालाल राष्ट्रीय हृदयकेन्द्रमा स्वास्थ्य परीक्षण गराएको र सबै ठीकठाक पाइएको बताएका छन् ।

उनले स्वास्थ्य परीक्षणमा संलग्न केन्द्रका निर्देशक डा. युवराज लिम्बु र डा. ज्ञानेन्द्र शाह, डा. सन्जय केसीलगायतलाई धन्यवाद पनि दिएका छन् । भट्टराईले नेपालभित्रै विश्वस्तरको स्वास्थ्य सेवा उपलब्ध रहेको र सबैले बेलैमा उपयोग गरौं भनेका छन् । उनले गरीबलाई विशेष सहूलियत दिन र धनीबाट आवश्यक रकम असुल गर्न आग्रह गर्दै सुस्वास्थ्य सबैको मौलिक अधिकार भएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement