बाटो खन्ने नाममा जथाभावी डोजर लगाउँदाको असरः थवाङमा पहिरो खस्दा छ जनाको ज्यान गयो

Advertisement

रोल्पा । थवाङको छर्नोवाङमा पहिरोले पुरिएर गए राति छ जनाको मृत्यु भएको छ । राति १२ बजेतिर आएको पहिरोले सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पहिरोमा छ वटा गाई र दर्जनौं भेंडा बाख्रा पनि पुरिएका छन् ।

पहिरोमा एक घर र तीन गोठ पुरिँदा ठूलो क्षति भएको हो । मृत्यु हुनेमा २८ वर्षीय शीरकुमारी झाक्री, उनको ४ वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, उनकी पत्नी ३६ वर्षीया मुलज्योती बुढा, नौ वर्षीया छोरी देवस्ती र दुई वर्षीया छोरी करिस्मा रहेका छन् ।

स्थानीय र प्रहरीले मिलेर उनीहरको बस पहिरोबाट निकालेका हुन् । स्थानीयका अनुसार सहिद मार्गअन्तर्गतको सडक खन्ने क्रममा सडक किनारमा थुपारिएको माटोको थुप्रोसँगै आएको पहिरोले ठूलो मानवीय क्षति भएको हो ।

Advertisement

Advertisement

Advertisement