मेलम्ची योजना अन्तर्गत नेपालकै ठूलो ३.२४ करोड लिटरको ढल प्रशोधन केन्द्र निर्माण

Advertisement

काठमाडौं । शनिबार देखि मेलम्ची योजनाको कै अर्को अंग नेपालककै सबैभन्दा ठूलो गुहेश्वरी स्थित ३.२४ करोड लिटर प्रतिदिनको ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई प्रशोधन कार्य आरम्भ भएको छ।

यो केन्द्र निर्माण संचालन र हस्तान्तरण मोडलमा निर्माण गरिएको हो । यस प्लान्टले ३०० किलोवाट बिजुली समेत उत्पादन गर्दैछ भने मल समेत बिक्री गर्नेछ । यो प्लान्ट पूर्ण क्षमतामा चलाउन अझै परीक्षण जारी राख्ने गर्दै जानु पर्नेछ । हाललाई ८० लाख लिटर प्रतिदिनको प्रशोधन सुरू भएको हो क्रमश. पूर्ण क्षमतामा संचालन हुनेछ। निर्माणकर्ता ठेकेदारले नै यो प्लान्टलाई निर्माण सम्पन्न भएपछि अरू १० वर्षसम्म संचालन गरेर पछि सरकारलाई हस्तान्तरण गर्नेछ।

मेलम्ची योजना अन्तर्गत नेपालकै ठूल्ठूला ढल प्रशोधन केन्द्रहरू निर्माण हुदैछन्। गुहेश्वरीमा प्रतिदिन ३.२४ करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ भने, बालकुमारीमा १.७५ करोड लिटरको, धोबिघाटमा ७.४ करोड लिटरको, सल्लाघारीमा १.४२ करोड लिटरको ढल प्रशोधन केन्द्र निर्माणाधीन छन्। यसरी उपत्यकामा कूल प्रतिदिन १३ करोड लिटर ढल प्रशोधन सुबिधा उपलब्ध हुदैछ ।

Advertisement

Advertisement

Advertisement