लास्ट माइल यात्राको सारथी पियाजियोः खाडीको कमाई अब नेपालमै

Advertisement

काठमाडौं । ‘मूल्य ५ लाख ३९ हजार रुपैंयाँ, मासिक आम्दानी करिब ४० हजार, दुई दशकसम्म गुडाउन मिल्ने ।’, यो विशेषता हो पियाजियो थ्री ह्विलर्सको । मुलतः तराईका शहरहरुमा लास्ट माइल यात्रा अर्थात घरैसम्म पुग्ने यात्रु वाहक सवारी साधनका रुपमा स्थापीत छन् थ्री ह्विलरहरु । ‘घरैसम्म पुर्याइदिने सवारी साधनका रुपमा थ्री ह्विलरको पहिचान स्थापीत छ, पियाजियोलाई हामी एक नम्बरको बजार हिस्सा ओगट्ने बाटोमा अघि बढाईरहेका छौं’, एमभी दुगड ग्रुपका भाइस प्रेसिडेन्ट विवेक दुगडले भने । अहिले नै पनि थ्री ह्विलरको बजारमा दोश्रो नम्बर ओगट्न सफल भैसकेको उनको दावी थियो । कम्पनीले दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गर्दै नयाँ प्रडक्ट पियाजियो एपे सिटी डिलक्स नेपाली बजारमा भित्र्याएको छ । बिरगञ्जबाट सार्वजनिक गरिएको एपे डिलक्स तत्कालै ३० वटा बिक्यो भने एक दिनमै देशभर एक सय वटा बिक्रि भयो ।  काठमाडौंमा थ्री ह्विलरहरु प्रतिबन्धित छन् तर तराईका शहरहरुमा भने यो आम मानिसहरुको दैनिकीको अभिन्न अंग नै बनिसकेको छ । बजारबाट समान किनेर घरसम्म पुर्याइदिने सुरक्षित माध्यम हो पियाजियो । बस स्टपबाट घरसम्म लगिदिने उपयुक्त साधन हो पियाजियो । खाडीमा गएर ३० हजार कमाउने नेपाली युवाहरुका लागि आफ्नै शहरमा त्यो भन्दा राम्रो आम्दानी गर्ने विकल्प हो पियाजियो ।

Advertisement

त्यति मात्रै होइन, रिक्सा र ई रिक्साको ढिलो एंव झञ्झटयुक्त असुरक्षित यात्राबाट छुटकारा दिने माध्यम पनि हो पियाजियो । एमभी दुगड ग्रुपका देशभर फैलिएका एक सय भन्दा बढी ब्राञ्चबाट पियाजियो खरिद गर्न सकिन्छ । स्पेयर पार्टस तथा मर्मतको सुविधा पनि सहजै पाइन्छ । ‘हाम्रा सेल्स पोइन्टहरुबाट खरिद, स्पेयर पार्टस र मर्मतको सुविधा पनि सहजै पाउन सकिन्छ, हामी तुरुन्तै सर्भिस दिन सक्ने अवस्थामा छौं’, एमभी दुगड ग्रुपका भाइस प्रेसिडेन्ट विवेक दुगडले भने ।
पियाजिओले नेपाल भित्रिएको एक वर्षको अवधीमै दोश्रो नम्बरको बजार हिस्सा ओगट्न सफल भैसकेको छ । ‘आकर्षक डिजाइन(लुक्स), समान राख्ने पर्याप्त ठाउँ र राम्रो सुरक्षा प्रबन्धका कारण पनि पियाजियो सर्वाधिक रोजाईमा परेको देखेका छौं’, पियाजियो भेइकल्स इण्डिया प्रालीका भाइस प्रेसिडेन्ट सुधांशु अग्रवालले भने ।
बिरगञ्जमा पियाजियाको एपे सीटी डिलक्स सार्वजनिक गरेर काठमाडौं आईपुगेका उनले बिरगञ्जका खरिदकर्ताले ‘राजा’ भनेको पनि सुनाउन भ्याए । ‘बिरगञ्जका खरिदकर्ताले पियाजियो एपे सीटी डिलक्सलाई राजा जस्तै प्रडक्ट आयो भनेर प्रशंसा गरेको सुँने, साह्रै खुसी लाग्यो’, अग्रवालले भने । पियाजिओको एपे सीटी प्रति घण्टा ५० किलोमिटरको स्पीडमा दौडन्छ ।बढीमा २ वर्षभित्र लगानी उठाईसक्ने पियाजियोका थ्री ह्विलरहरुबाट २ दशकसम्म सेवा लिन सकिने दावी पनि उनीहरुको छ । पियाजियो एपे सीटी डिलक्सको बजार विस्तारका लागि अग्रवालका साथमा एक्सर्पोट मेनेजर दिपक कुमार, हेड अफ अपरेशन विजय महतो पनि काठमाडौं आईपुगेका छन् ।१३७ बर्ष भन्दा लामो व्यवसायीक यात्राको अनुभवबाट दिक्षित एमभी दुगड ग्रुपले वित्तिय क्षेत्र, बीमा, अटोमोबाइल, ट्रेडिङ, हाईड्रोपावर जस्ता क्षेत्रमा लगानी गरिरहेको छ । मोती दुगडको नेतृत्व गरिरहेको एमभी दुगड ग्रुपलाई पछिल्लो पटक नयाँ पुस्ताका रुपमा उनका छोरा विवेक दुगडले सघाईरहेका छन् । उद्योग व्यवसायका क्षेत्रमा विश्वभरबाट प्राप्त नविन सोँच र ज्ञानले एमभी दुगड ग्रुपलाई अब्बल औद्योगीक घरानाका रुपमा स्थापीत गराउने अभियानमा जुटेको उनले बताए । ‘हामी अनुशासित र मर्यादित व्यवसायमा विश्वास राख्छौं, कसैले औला ठड्याउन नसक्ने गरि कम्पनीहरुलाई अघि बढाउँछौं, देश विकासमा पनि एउटा इँटा थप्न चाहान्छौं’, दुगडले भने ।

Advertisement

Advertisement