रबिन्द्र अधिकारीको क्षेत्रमा बामदेव गौतमको विकल्प खोजिदैँ, कस्को पक्षमा बन्दैछ माहोल ?

Advertisement

काठमाडौं । हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका कास्कीका लोकप्रिय नेता तथा पर्यटन मन्त्री स्व. रबिन्द्र अधिकारीको निर्वाचन  क्षेत्रबारे कास्कीमा नयाँ वहस आरम्भ भएको छ । स्वर्गीय अधिकारीको श्रीमति विद्या भट्टराईलाई उम्मेदवार बनाउनुपर्ने आवाज उठिरहेका बेला नेकपा उपाध्यक्ष बामदेव गौतमले छड्के दाउ मार्ने तयारी गरेका छन् ।

त्यसमा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड समेत सहमत छन् । ओली र प्रचण्डले अधिकारी पत्नि भट्टराईलाई राष्ट्रिय सभा सदस्य बनाएर गौतमलाई कास्की २ मा उम्मेदवार बनाउन लागेपछि पोखरेली युवाहरु नयाँ अभियानमा लागेका छन् ।

उनीहरुले पाहुना उम्मेदवार उठाउँन नहुने भन्दै कास्कीमा बामपन्थी विजयको झण्डा फहराउने इतिहास आरम्भ गराएका तुल बहादुर गुरुङका पक्षमा अभियान थालेका हुन् ।  हिजो पो डमरुलाई माया गरेको हो त......अब साच्चै शेरलाई रोज्छौं भन्दै गुरुङका पक्षमा अभियान थालेका हुन् ।

कास्की नेकपाका युवा नेताहरु राजन शर्मा पराजुली, सन्तोष न्यौपाने, ब्रजराज अधिकारी लगायतले यस्तो अभियानलाई अघि बढाएका हुन् । स्वर्गिय अधिकारीको सचिवालयमा काम गरेका ध्रुव पोखरेलले पनि घुमाउरो भाषामा बामदेव गौतम उम्मेदवार बन्ने प्रक्रियाको बिरोध जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement