तरुण दलमा रमिता, अध्यक्ष र महासचिव एकले अर्कोलाई कारवाही गर्दै निष्काशन

Advertisement

काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलभित्र अध्यक्ष र महासचिवबीचको द्धन्द्ध उत्कर्समा पुगेको छ । दुवैले एकले अर्कोलाई कारवाही गर्दै पदबाट हटाइएको पत्र भनेर वक्तव्यवाजी गरेका छन् ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन भने महासचिव भुपेन्द्र शाही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन् । केही दिनअघिदेखि आरोप प्रत्यारोपमा उत्रिएका उनीहरु एकले अर्कोलाई पदबाट हटाएको पत्र सार्वजनिक गरेका छन् ।

अध्यक्ष जितजंग बस्नेतले महासचिवबाट शाहीलाई हटाएको लगत्तै महासचिव शाहीले पनि बस्नेतलाई हटाएको घोषणा गरेका हुन् । चार बर्षअघि भएको महाधिवेशनमा पार्टीले हस्तक्षेप गर्दै भागबण्डाका आधारमा चार जना अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष मात्रै चयन गरेको थियो । विवादका कारण अरु सदस्य चयन नहुँदै उनीहरुको कार्यकाल लगभग सकिनै लागेको बेला अध्यक्ष र महासचिव आरोप प्रत्यारोपमा उत्रिएर एकले अर्कोलाई निष्काशन गरेको घोषणासमेत गर्न पुगेका हुन् ।

यस्तो छ उनीहरुको पत्रः



Advertisement

Advertisement

Advertisement