एकै दिनमा २४ हजारले अवलोकन गरे फर्निचर एक्स्पो, आज अन्तिम दिन

Advertisement

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन् । बुधबारदेखि सुरु भएको एक्स्पोमा सुरुदेखि नै अवलोकनकर्ताको भिड लागेको थियो । एक्सपोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन् ।

‘शुक्रबारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए । शनिबार मात्र २४ हजारले अवलोकन गरेका छन् । आइतबारसम्ममा ८० हजार बढीले मेला अवलोकन गर्ने अवस्था देखिएको छ ।’ इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने ।

प्रदर्शनीस्थलमा रक्तदान कार्यक्रम समेत सञ्चालनगरिएको छ । शनिबार ११५ प्रिन्ट रगत संकलनभएको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । अग्रवालले शनिबार अवलोकनकर्ताको बाक्लो उपस्थितीका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको अग्रवालले बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले शिर्ष प्रायोजन गरेको छ ।एक्स्पोको मुख्यप्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शाकार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्रीएक्स्पोको मुख्यआकर्षण बन्ने विश्वास गरिएको छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन पनिएक्स्पोको आकर्षण बनेको छ । एक्स्पो आज आइतबार समापन हुनेछ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा फर्नेक्स मेलाको आयोजना हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement