सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी नै, फेरी तोलामा चार सय सस्तियो

सुन

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७० हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज चार सय रुपियाँले घटेर प्रतितोला ७० हजार दुई सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६९ हजार ९०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १८५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ९३० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२० रुपियाँ कायम गरेको छ ।