बुद्ध एयरले ल्यायो अर्को नयाँ जहाज

Advertisement

काठमाडौं । विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सम्माननिजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर–७२ जहाज भित्र्याएको छ ।

भारतको चेन्नाईबाट उडेको सो जहाज आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । योसँगै बुद्धसँग १३ जहाज भएका छन् । कम्पनीसँग एटिआर–७२ जहाज ८, एटिआर–४२ जहाज तीन र बीच–१९०० ‘डी’ दुई जहाज भएका छन् । बुद्धले आगामी अक्टोवर महीनामा थप अर्को एटिआर–७२ जहाज ल्याउने जनाएको छ ।

जहाज थपिए पनि हाललाई उडान सङ्ख्या थप्ने योजना नरहेको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ जहाजले दशैँ अघि नै उडान थाल्ने र नजिकिएका दशैँ, तिहार र छठ पर्वका अवसरमा यात्रुलाई आवतजावत सजिलो हुने कम्पनीले उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement