प्राइमले कन्काईलाई गाभेर आजदेखि एकीकृत कारोबार शुरु गर्यो

Advertisement

काठमाडौं । प्राइम कमर्शियल बैंले भदौ २९ गते आज आइतबार देखि कन्काई विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरेर एकीकृत कारोबारको थालेको छ। मर्जर प्राप्ती सम्झौताको तीन महिनापछि बैंकले प्राइम कमर्सियल बैंकको नामबाटै एकीकृत कारोबार सुरु गरिएको हो।

गत साउन २२ गते विशेष साधारण सभाबाट प्राइम कमर्शियल बैंक र कन्काई विकास बैंकले मर्जर तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विशेष प्रस्ताव पारित गराएका थिए। यसैगरि प्राप्ती प्रकृयामा जानका लागि भदौ २८ गते शनिबार कन्काई विकास बैंकले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ सेवा बन्द रहने बताइएको छ ।

एकीकृत संस्थाको केन्द्रीय कार्यालय कमलपोखरी स्थित प्राइम कमर्सियल रहेको केन्द्रीय कार्यालयमा नै रहनेछ। यसैगरि प्राप्ती प्रकृयामा जानका लागि भदौ २८ गते शनिबार कन्काई विकास बैंकले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ सेवा बन्द गरेको थियो।

हाल प्राइम बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार रुपियाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपियाँ छ । कन्काई विकास बैंकको प्राप्ति पश्चात प्राइमको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपियाँ पुग्नेछ । यस्तै बैंकको शाखा सञ्जाल ८९ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement