‘सरकारले सिधै उद्योगलाई काठ दियोस्, फर्निचरको मूल्यमा ३०–४० प्रतिशत कमी आउँछ, आयात पनि घट्छ’

Advertisement

राजधानी जारी यस बर्षको फर्निचर तथा फर्निसिङ मेला आइतबार सकिँदैछ । पछिल्लो समयमा नेपाली फर्निचर तथा फर्निसिङ उद्योगहरु सबल र सक्षम हुँदै गएका छन् । नेपालमै यस्ता गुणस्तरीय उत्पादन बढ्दा आयातको रेसियो पनि कम हुँदै गएको छ । यद्यपि फर्निचर तथा फर्निसिङ उद्योगका लागि सरकारले पर्याप्त सहयोग नगरेको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका संस्थापक अध्यक्ष सुरेन्द्रकुमार शारदा बताउँछन् । सरकारले सहयोग गर्ने हो भने आयातलाई अझै घटाउन सकिने उनको विश्वास छ । प्रस्तुत छ शारदासँगको संक्षिप्त कुराकानीको सारः

यसअघिका मेला र यस पटकको मेलामा फरक के छ ? प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
हामीले सन् २०१२ देखि यो मेलाको सुरुवात गरेको हो । सुरुमा मै नै संयोजक भएर, म र मेरो अध्यक्ष कृष्णलाल प्रधानले सुरुवात गरेको हो । त्यो बेलामा धेरै कठिनाई थियो । फर्निचर र फर्निसिङको एउटा मेरा हुनैपर्छ, यस क्षेत्रको विकासको लागि भनेर । कारण के भने त्यो बेलामा चिनियाँ सामानको निकै बिगबिगी थियो । मानिसलाई नेपालमा बनेका फर्निचरहरुको बारेमा जानकारी दिनैपर्ने जरुरी थियो । चीनबाट आउने चिल्ला फर्निचरहरु हेर्दा खेरी निकै राम्रो, तर गुणस्तर हेर्दा खेरी निकै राम्रो, तर गुणस्तर छैन् । सस्तो तर गुणस्तर छैन् । त्यो भएकोले मेला गर्ने सोच हामीले बनायौं । मेलाले गर्न थालेपछि उपभोक्ताहरुलाई हामीले धेरै कुरा बुझाउन सकेका छौं । नेपाली फर्निचर तथा फर्निसिङ सामान १०–२० प्रतिशत महंगो छ । तर किन महंगो छ ? भन्ने कुरा उपभोक्तालाई स्पष्ट पार्नु, उहाँहरुलाई विश्वास दिलाउनु व्यवसायी भएको हिसावले हामीहरुको पनि काम हो । महंगो हुनुको कारण काठको गुणस्तर हो । चिनियाँ फर्निचरहरु कुकाठले बनेको हुन्छ । तर हेर्नमा चिल्लो देखिन्छ । तर टिक्दैन् । यहाँ नेपालमा बनेको फर्निचर सोलिड काठले बन्ने हो जुन दशौं बर्षसम्म टिक्छ । २०–३० बर्षसम्म टिक्छ । ५० बर्ष पनि टिक्छ । तर हेर्नमा राम्रो चिनियाँ फर्निचर २–३ बर्ष पनि टिक्दैन् । सोही कारण आज फर्निचर मेलामा चिनियाँ फर्निचर नगन्य मात्रामा मात्रै छ । स्वदेशी फर्निचरले नै बजार लिँदै गएको छ । यसको मुख्य कारण हो हामीले सुरु गरेको फर्निचर मेला । उपभोक्ताले पनि अनुभवका आधारमा बुझिसक्नुभयो ।

अहिले स्वदेशी फर्निचरको बजार कति छ ?
फर्निचर लाइनमा के भइरहेको छ भने हामीले काठ पाइरहेको छैन् । सहमिलले काठ किन्छ । सहमिलबाट फर्निचर उद्योगले किन्नु परेको छ । यो विषयमा वन मन्त्रीसँग पनि धेरै कुरा हुँदा खेरी पनि समस्या समाधान हुन सकेको छैन् । फर्निचर उद्योगलाई सहमिलमार्फत होइन्, छुट्टै काठ दिनुपर्छ । किनभने सहमिलवालाहरु मिलेर जुन काठको लिलामी हुन्छ, मिलेर काठ किन्छ । त्यो काठ उनीहरुले चिरान गरेर मात्रै बेच्छ । मानिलिनुस उनीहरुले तीनसयमा लिएको काठ हामीलाई छ सयमा बेच्छ । सिण्डिकेट छ । वन विभागले सिधै हामीले काठ नदिने हुँदा त्यसको मार उपभोक्तालाई परिरहेको छ । त्यसको अन्त्यका लागि हामी जुधिरहेका छौं । केही समयअघि पनि वन मन्त्रीसँग कुरा हुँदा हामीले फर्निचरको कारखाना राखेर काम गरेकाहरुलाई सिधै काठ दिने व्यवस्था मिलाउनुस् । उपभोक्तालाई सस्तो पर्न जान्छ । चिनियाँ आयात कम हुन्छ ।

तपाईंहरुलाई वन विभागले सिधै काठ दियो भने उपभोक्तालाई कति सस्तोमा दिनुहुन्छ ?
सिधै काठ आयो भने स्वाभाविकरुपमा २०–३० प्रतिशत सस्तो पर्न जान्छ । त्यसमा पनि अझै हामी प्रतिस्पर्धा गर्नसक्छौं । आयातलाई नै निरुत्साहित गर्न सकिएन भने त हामी नै कसरी सर्भाइभ गर्ने ? भन्ने कुरा हुन्छ । सर्भाइभका लागि हामै होइन्, उपभोक्ताको हितका लागि र देशको हितका लागि पनि हामीलाई सिधै फर्निचर उद्योथलाई काठ दिनुस् । ३०–४० प्रतिशतसम्म मूल्यमा फरक पर्नसक्–४० प्रतिशतसम्म मूल्यमा फरक पर्नसक्छ । तर अझै पनि त्यसतर्फ सरकारको ध्यान गएको छैन् । सहमिल आफ्नो ठाउँमा छँदैछ । तर उनीहरुलाई मात्रै किन दिने ? फर्निचर उद्योगलाई किन नदिने ? सरकारसँग यसको जवाफ छैन् । सहमिलहरुलाई चाहीं नदियोस भनेको होइन् । उनीहरुले पनि घर बनाउने खापाहरु बनाउँछ । झ्याल, ढोका बनाउँछ । तर फर्निचर नभई कुनै घर, अफिस पनि त चल्दैन् । यसको निकै ठूलो माग पनि छ । बढ्दै गएको छ । गुणस्तरीय फर्निचरको माग बढ्दो छ । त्यसका लागि वनबाट काठ पाउनुपर्यो । त्यसका लागि हामी लडिरहेका छौं ।

तपाईंले आयात घटाउने कुरा पनि गर्नुभयो । कति छ आयात ? स्वदेशी उत्पादन कति छ ?
अहिले त फर्निचर मात्रै होइन्, काठ पनि आयात भइरहेको छ । अहिले हामी ६०ः४० को रेन्जमा होला । स्वदेशी फर्निचरको बजार ६० प्रतिशतमा आइसकेको छ । ४० प्रतिशत आयातलाई पनि घटाउन हामीलाई कच्चा पदार्थ चाहिएको छ । हामीले चाइनिज, मलेसियन, ब्राजिललगायतका मुलुकबाट फर्निचर आइरहेका छन्, उनीहरुलाई उछिन्दैछौं । उपभोक्ताले पनि बुझिरहेको छ नयाँ नयाँ के भइरहेको छ ? भनेर ।

भनेपछि तपाईंहरु अन्तर्राष्ट्रियस्तरका फर्निचरहरु बनाउन सक्षम हुनुहुन्छ ?
एकदम । एकदम । हामीले बनाईरहेका छौं । मानिसहरुको चाहना र मागअनुसार जस्तो भन्यो त्यस्तै गुणस्तरीय फर्निचर र फर्निसिङका उत्पादनहरु बनाइरहेका छौं । त्यही भएर त हाम्रो बजार ६० प्रतिशत पुगेको छ । अब कार्पेटहरु राम्रो राम्रो स्वदेशमै बनिरहेको छ । नयाँ पनि आउनेवाला छन् ।

Advertisement

Advertisement

Advertisement