सेयर बजार १७.८७ अंकले राताम्मे, कारोबार रकम पनि २८ करोडमा सिमित

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा गिरावट जारी रह्यो । आज नेप्से परिसुचक १७ दशमलब ८७ अंकले घटेर एक हजार १४० दशमलव ०१ अंक कायम भयो ।

आज सेयर कारोबार पनि घटेर २८ करोड ८० लाख ९९ हजार ९१२ रुपियाँको कारोबार भयो । सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको एक करोड ८२ लाख बराबरको मात्रै सेयर कारोबार भयो । आज सबै समूहका सुचकहरु राताम्मे छन् । सबै सुचकहरु एक प्रतिशतभन्दा बढीको घाटामा गएका छन् ।

धेरै घाटा सहनेमा गनपति माइक्रोफाइनान्सका लगानीकर्ता अगाडि छन् । उक्त वित्तिय संस्थाले फण्डले ४१ अंकको घाटा व्यहोरेको छ । त्यसैगरी, नाफा गर्नेमारिलायन्स फाइनान्सका लगानीकर्ता अगाडि छन् । उक्त कम्पनी ४ अंकले फाइदामा गएको छ ।

Advertisement

Advertisement

Advertisement