सिटिजन्स बैंकको आरटिजीएस प्रणाली सञ्चालनमा

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले भदौ २६ गते बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ । आइतबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्र बैंकले 'क'वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो । यस लगत्तै बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो । यो प्रणाली संचालनमा ल्याउने पहिलो बाणिज्य बैंकको रूपमा सिटिजन्स बैंक रहेको छ । यससँगै अब बैंकका ग्राहकहरुले नियम अनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन् । बैंककाग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन् ।

सिटिजन्सले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवंम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement