प्रहरीले हिरासतमा लिएका ज्ञानेन्द्र शाहीविरुद्ध मुद्दा चलाउने सरकारी तयारी

Advertisement

काठमाडौं । अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको बताएको छ । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईमाथि विमानभित्रै भएको अभद्र व्यवहार र गालीगलौज बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि एक समूहले हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ । पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

प्रहरीका अनुसार ‘शनिबार नेपालगञ्ज विमानस्थलमा अभद्र व्यवहार गरेको सम्बन्धमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखिएको हो । कसको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइयो भन्नेबारेमा भने प्रहरीले केही खुलाएको छैन ।
नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement