काष्ठमण्डप पुनः निर्माणको आधा काम सम्पन्न

Advertisement

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुप नै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ ।

निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेका छन् ।

सुरुको समयमा निर्माणका लागि काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो अब त्यो अवस्था आउँदैन अध्यक्ष शाक्यले भन्नुभयो ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण सुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ ।

चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ ।नेपालको राजधानी काठमाण्कोडौ नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।

प्रयोग गरिएका चारवटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

अध्यक्ष शाक्यले भन्नुभयो, “२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने लक्ष्य रहेको थियो सोहीअनुरुप काम अघि बढेको छ त्यसैले तोकिएको समयमानै काम हुनेमा कुनै आशङ्का गर्नुपदैन ।”

यस ऐतिहासिक सम्पदा पुनःनिर्माणको लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा काठमाण्डौ महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरिसकेको छ ।

थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकताअनुरुप ल्याइएको छ ।

Advertisement

Advertisement

Advertisement