सुनको मूल्य बढ्यो, एकैपटकमा तोलाको एक हजार १०० सयले वृद्धि

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ७० हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज एक हजार १०० रुपियाँले बढेर प्रतितोला ७१ हजार तीन सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार १३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ८७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४१ रुपियाँ ६० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement