बीमा संस्थानको आयोजनामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम पोखरामा सम्पन्न

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको आयोजनामा पोखरामा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ । संथानले जनसमुदायमा समुदायलाई लक्षित गरेर क्षमतम विकास गर्नउक्त कार्यक्रमको आयोजना गरेको हो ।

भदौ २६ गतेदेखि २८ गतेसम्म आयोजित कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । तालिममा बीमाको परिचय, सिद्धान्त, प्रकार र राष्ट्रिय बीमा संस्थानका बीमालेखहरुबारे जानकारी गराइएको थियो ।

त्यसैगरी बीमा ऐन, नियमावली लगायतका कानूनहरु र अधिकर्ताले पाउने सेवा सुविधाबारे स्पष्ट पारिएको थियो । अभिकर्ता संख्या बृद्धि र व्यवसाय बिस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थानले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement