सनराइज बैंकले तीन अर्बको ऋणपत्र निष्काशनका लागि माग्यो बोर्डसँग अनुमति

Advertisement

काठमाडौं । सनराइज बैंकले तीन अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपियाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न भदौ २३ गते सोमबार नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको हो।

बैंकले निष्काशन गर्ने तीन अर्ब ऋणपत्रमध्ये एक अर्ब २० करोडको १२ लाख कित्ता सर्वसाधारणमा निष्काशन हुनेछ भने एक अर्ब ८० करोड बराबरको १८ लाख कित्ता बैंकले व्यक्तिगत तर्फबाट बिक्री गर्नेछ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित ऋणपत्रको ४० प्रतिशत इकाई सर्वसाधारणमा र ६० प्रतिशत संघसंस्थाहरुलाई बिक्री गर्नुपर्ने व्यवस्था रहेको छ।

यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०५ सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत प्रत्येक बैंकले चुक्ता पूँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकले यसअघि २०७५ चैत २० देखि २०७६ बैशाख १९ गतेसम्म बिक्री गरेर बैशाखा ३१ गते बाँडफाँड गरेको थियो।

Advertisement

Advertisement

Advertisement