प्राइम लाइफको अभिकर्ता तालिम अर्घाखाँचीमा सम्पन्न

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीमा अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । बीमा कम्पनिहरुको नियामक निकाय बीमा समीतिद्धारा स्वीकृत प्रदान गरीएको उक्त तालिममा जिल्लाका विभिन्न स्थानबाट उपस्थीत नयाँ अभिकर्ताहरुलाई प्रदान गरिएको हो ।

बीमाको पहुँच पुर्याउन घरघरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ भन्ने उद्देश्य सहित कम्पनीले उक्त तालिम भदौ २६, २७ र २८ गते ३ दिन सन्धिखर्क अर्घाखाँचीमा सञ्चालन गरेको थियो ।

उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षणमा सम्पन्न भएको थियो भने कम्पनिका एजेन्सी मेनेजरहरुले पनि प्रशिक्षण र सहजीकरण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement