रबिन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा बामदेवको विकल्प बन्दै तुल बहादुर गरुङ्ग

Advertisement

पोखरा । मंसिर १४ को उपनिवार्चन नजिकिदैै गर्दा कास्की क्षेत्र नं. २ बाट निर्वाचित युवाहरुको आशा भरोसाका प्रतिबिम्ब रबिन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा अकल्पनिय दुःखद निधन भएपछी रिक्त रहेको उक्त ठाउँमा उमेद्दवारको चर्चाले कास्कीमा चुनावी सरगर्मी बढेको छ ।

शुरुमा आफु नउठ्ने घोषणा गरेका ने क पा प्रभावशाली नेता बामदेव गौतम समेतले आफ्नो ईच्छा जनाएपछि ने क पा भित्रको माहोल थप पेचिलो बनिरहेको छ किनकि सर्वसाधारण आम बुद्दीजिवि पत्रकार व्यबसायीहरु सबैले स्थानिय उमेद्दवार उठाईनु पर्ने मनसाय व्यक्त गरेका छन् । ने क पा कै तर्फबाट पत्रपत्रिका, अनलाईन मिडियामा अरु नामहरु नआएका पनि होईनन् तर यस सन्र्दभमा सबैभन्दम उपयुत्त नाम तुल बहादुर गरुङ्गकै हो ।

किन तुल बहादुर गुरुङ्ग ?
अहिलेको मिडियाको युगमा खासै मिडियामा नआउने तर ईमानदार,शिष्ट,दैनिक जिवनयापन देखी बिचार,सिद्दान्त र आदर्शमा कम्युनिष्ट व्यबहार र आचरणका नेता हुन् तुल बहादुर गुरुङ्ग । तत्कालीन ने क पा माले ले उनलाई बिद्यार्थी संगठन अनेरास्वबियुमा काम गर्न पृथ्वीनारायण क्याम्पस पोखरा खटायो । ईमानदारपुर्वक पार्टि फैसलालाई शिरोधार्य गर्दै उनी पोखरा आए । पञ्चायतकालीन समय, मण्डलेहरुको आतङ्क उनी ति दिनहरु स्मरण गर्दै भन्छन–अखिलले क्याम्पसमा ब्यानरसम्म राख्नसक्ने अवस्था थिएन ।

राज्यको चरम आतंक मण्डलेहरुको दादागीरीको बिचमा निर्भिक अनी जुझारुपन सहित आम बिद्यार्थीहरुलाई अनेरास्ववियुमा संगठित, प्रशिक्षित र परिचालीत गर्दै गर्दा अनेकौ पटक गिरफ्तार हुदै निरन्तर संघर्ष गर्दै उनको राजनैतिक यात्रा शुरु भयो । २०४२ ४३ मा पृथ्विनारायण क्याम्पसको स्वबियु सभापती बन्दै उनी अनेरास्सवियुको केन्द्रिय अध्यक्ष बन्न सफल भए । अनेरास्ववियुका अध्यक्षहरु बिरलै दोहोरिन्छन् ।

समन्वयकारी कामकाजी छवि भएका कारण अधिवेशनमा सहमती हुन नसक्दा पार्टिले पुनः उनलाई नै जिम्मा दियो । नेतृत्व दोहोरिएको अनेरास्सवियुमा यो पहिलो घटना हो । स्मरण रहोस् उनी केन्द्रिय अध्यक्ष हुदै गर्दा बर्तमान ने क पा का बैचारीक अनी लोकप्रीय नेताहरु शंकर पोखरेल र घनश्याम भुसाल क्रमसः उपाध्यक्ष र महासचिव थिए ।

केन्द्रिय अध्यक्ष रहदै गर्दा पार्टीले कास्की क्षेत्र नं. २ बाट २०४८ को आम निर्वाचनमा उमेद्दवार बनायो । उनले शानदार मतका साथ २८ बर्षको कलिलो उमेरमा बिजयी शुरुवात गरे । २०५१ सालमा पुनः यहि क्षेत्रबाट बिजेता बने ।  ने क पा एमालेको जनकपुरमा भएको सातौं र बुटवलको आठौंैं महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचीत भए । नवौं महाधिवेशनपछि एमालेको पोलिटव्युरो सदस्य भएका उनी अहिले ने क पा का केन्द्रिय सदस्य तथा प्रतिष्ठानहरुको ईन्चार्ज हुनुहुन्छ ।(यद्दपी उनले आफ्नो जिम्मेवारी हेरफेर गर्न र भुगोलमा जिम्मा दिनका लागी नेताहरुसंग माग गरिरहेका छन् ।
आरक्षणको माहोल हुर्किरहेको बेलामा पनि उनले कहिल्यै जनजाती कोटाबाट कुनैपनि कुरा माग गरेका छैनन् । नत आन्तरिक या बाह्य कुनै पदमा आकांक्षा नै राखे । हिजो एमाले भित्र एमाले जनजाती बिरोधी हो भन्दै पार्टी छोडेर जानेहरु पार्टीमै रहेका जनजाती सम्बध्द नेताहरुले चर्को विरोध गर्दै साम्प्रदायीक दंगा भड्काउने कोशिस गर्दा राजनिती वर्गिय हुनुपर्छ भन्दै पार्टीमा चट्टानी अडान राखेर एमाले जनजाती विरोधी पार्टी होईन भन्दै दृढतापुर्वक पार्टी लाईनमा बसे ।
बिभिन्न पटक माननिय सांसद, संबिधान सभा सभासद र एकपटक उद्योग राज्यमन्त्री बनेका नेता तुलबहादुरलाई कस्केली जनताले स्वच्छ छवि, बिकासपे्रमी, सरल र मिलनसार नेताको रुपमा बुझेका छन् । शुरुबाट यसै क्षेत्रको विकास गरेको, जनताको दुःख सुख बझेको, कुन ठाँउलाई कसरी बिकास गर्नुपर्छ भन्ने थाहा भएका नेता हुन् ।

'बामदेव गौतम सिनियर नेता हो । उहाँले ईच्छा व्यत्त गर्नुभयो पार्टिले उहाँको पक्षमा निर्णय गर्छ भनेपनि ईमानदार पुर्वक लाग्ने कुरामा दुविधा छैन तर स्थानिय जनताको ईच्छा चाहाना जुन रुपमा आएको छ , त्यसोहुदाँ आफुले पटक पटक पहिलेबाटै यहाँका जनताको मन जित्दै आएकोले स्वभाबिक रुपमा मेरो दावा रहन्छ ।', उनले भने ।

Advertisement

Advertisement

Advertisement