सेञ्चुरी बैंकले गर्यो मकवानपुरको बज्रबाराहीमा वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मकवानपुरको थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १५० जनाभन्दा बढीको सहभागी थियो ।

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले शुरु गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement