महिला तथा बाल स्वास्थ्य सम्बन्धी सिकाई आदान प्रदान कार्यक्रमको आयोजना

Advertisement

काठमाडौं । तेल अभिव सौरस्वी चिकित्सा केन्द्र, धुलिखेल अस्पताल तथा सिद्धि मेमोरियल फाउण्डेसनले ईजरायली राजदुतावास नेपालको सहकार्यमा महिला तथा बाल स्वास्थ्य सम्बन्धी सिकाई आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । वार्षिक १८ लाख भन्दा बढी विरामीलाई सेवा दिदै आएको सौरस्वी चिकित्सा केन्द्रबाट सेप्टेम्बर ९ तारिक देखि नेपाल भ्रमणमा रहेका प्रसुती तथा स्त्री रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, तथा रेडियोलोजिस्ट संम्लग्न ५ सदस्यीय चिकित्सक टोलिले सोमबार कार्यक्रम सम्पन्न गरेका हुन् ।

उक्त टोलिले कार्यशाला गोष्ठी एवम् अनवरत चिकित्सा शिक्षा मार्फत् स्त्री तथा बाल स्वास्थ्य सम्बन्धी अनुभव धुलिखेल अस्पताल तथा सिद्धि मेमोरियल फाउण्डेसनका चिकित्सक तथा कर्मचीसँग बांढेका छन् ।

नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जीवन रक्षा सम्बन्धी नविनतम प्रविधिहरु बारे जानकारी गराउंदै बालरोग एवम् प्रसुती तथा स्त्री रोग सम्बन्धी विभिन्न अत्याधुनिक ईजरायली उपकरणहरु वितरण गरेका थिए । सो उपकरणको प्रयोग मार्फत् प्रभावकारी उपचार, विरामीको स्वास्थ्यमा सुधार र आमा÷बच्चाको जीवन रक्षा गर्न थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसका साथै कायक्रममा भविष्यमा गरिने सहकार्य बारे पनि छलफल भएको थियो ।

माननीय उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा ईजरायली दुतावास र गेट ग्लोवल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटीद्वारा सम्युक्त रुपमा आयोजित एक समारोहमा हप्ता दिन लामो कार्यक्रमको समापन गरिएको छ । कार्यक्रममा कुटनितिक निकायका प्रमूखहरु तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै माननीय उपप्रधान तथा स्वास्थ्य मन्त्री श्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा ईजरायलले प्राप्त गरेको सफलताबाट नेपाल लगायत विकासोन्मुख देशले फाईदा लिन सक्ने र यस किसिमको सहकार्यको आवश्यकता भविष्यमा पनि रहेको कुरा व्यक्त गरे ।

नेपालका लागि ईजरायली राजदुत महामहिम वेनी ओमरले उपस्थित सवै महानुभावहरु तथा ईजरायल वाट आई नेपालका्े स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवा दिने चिकित्सकहरुलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो विशिष्ट प्रकारको सेवा र सहयोग जारी रहने विश्वास व्यक्त गरे । साथै ईजरायल स्थापन एवम् स्वतन्त्रता दिवसको अवसर पारेर ईजरायली दुतावासले यस किसिमका कार्यक्रमहरु विगतलामो समय देखि गर्दै आएको छ र भविष्यमा बढाउदै लाने अपक्षा गरेको छ ।

Advertisement

Advertisement

Advertisement