उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषदबीच सहमती

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल मेलमिलाप परिषद बीच मेलमिलाप केन्द्रको स्थापना र सञ्चालन गर्न पूर्व–तयारी गर्ने सम्बन्धी एक सहमतीपत्रमा हालै काठमाडौंमा हस्ताक्षर भएको छ । उद्योग, व्यापार, वाणिज्य तथा बैकिङ क्षेत्रसंग सम्बन्धित मेलमिलाप प्रक्रियाबाट समाधान हुन सक्ने किसिमका विवादहरूको समाधान मेलमिलाप मार्फत गराउन आवश्यकता महशुस गर्दै सो सहमती भएको हो ।

सहमतीपत्रमा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल मेलमिलाप परिषदको तर्फबाट सदस्य सचिव नारायणप्रसाद पन्थीले हस्ताक्षर गरेका थिए ।

मेलमिलाप केन्द्र स्थापना प्रक्रिया, कार्य विधि, संस्थाको स्वरूप, कानूनी प्रक्रिया समग्र विषयमा अधिमुखीकरण गर्ने उद्देश्यले पूर्व न्यायधिस र वरिष्ठ अधिवक्ताहरूको कार्यपत्र सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरि कार्यक्रम मार्फत प्राप्त पृष्ठ पोषणलाई आधार मानि केन्द्र स्थापना कार्य अगाडी बढाउने विषय सहमतिपत्रमा उल्लेख गरिएको छ ।

हस्ताक्षर कार्यक्रमलाई संबोधन गर्दै महासंघका उपाध्यक्ष प्रधानले परिषदसंगको सहमतीले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न निकै सहज हुने बताए । उन“ले यो सहकार्य व्यवसायिक समस्या समाधानमा कोशेढुंगा सावित हुने समेत विश्वास व्यक्त गरे ।

परिषदको तर्फबाट मेलमिलाप परिषदका सदस्य सचिव पन्थीले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्नुहुंदै सहमती पश्चात आयोजना हुने कार्यक्रमबाट निजी क्षेत्रका विभिन्न क्षेत्र लाभान्वित हुने विश्वास दिलाए ।

Advertisement

Advertisement

Advertisement