एनएमबि र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको अनुमति

Advertisement

काठमाडौं । एनएमबि र ओम डेभलपमेन्ट बैंकलाई मर्जरमा जान  नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । अनुमति पाएपछि दुवै बैंकले दशैँ अगाडि नै एकीकृत कारोबार थाल्ने तयारी थालेका हुन्।

एनएमबि र ओम १००ः७६ अनुपात स्वाप रेशियोमा गाभिन लागेका छन् । गाभिएर एकिकृत कारोबार थालेपछि पनि नाम भने एनएमबि नै रहनेछ ।

एनएमबि र ओमले गत जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यी दुवै बैंकको सेयर कारोबार मर्जर प्रक्रिया सम्पन्न भएपछि खुल्नेछ ।

एनएमबि बैंकको गत साउन २८ मा सम्पन्न विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने साउन २७ ओमको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका् थियो । मर्जरका लागि राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिएको थियो ।

एनएमबी बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपियाँ छ भने ओमको २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपियाँ छ।

Advertisement

Advertisement

Advertisement